बागलुङ ‘तमानखोला गाउँपालिका’को आफ्नै पालिका गान

बाग्लुङ | भदौ १८, २०७९

बागलुङ ‘तमानखोला गाउँपालिका’को आफ्नै पालिका गान बागलुुङको तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान

बागलुङ  ः  बागलुङको तमानखोला गाउँपालिकाले जिल्लामै पहिलोपटक आफ्नै पालिका गान बनाएको छ । 

 

बागलुङको सबैभन्दा दुर्गम पालिकामा रहेको तमानखोलाले पालिकाको मौलिक कला, संस्कृति र पर्यटनलाई समेटेर उक्त गान बनाएको हो ।पालिका गानको रचना खोलेस्बाङ आधारभूत विद्यालयका शिक्षिका बिलाकुमारी घर्ती मगरले गर्नुभएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताउनुभयो । गाउँपालिकाले शब्द रचनाका लागि आवेदन खुला गरेकामा सहभागी  १२ मध्ये घर्तीको रचना  गाउँपालिकाले छनोट गरिएको उहाँको भनाइ थियो । 

 

अध्यक्ष बुढामगरले पालिकाको पहिचान, कला संस्कृतिको सम्मान र पर्यटन प्रवद्र्धनका लागि पालिका गान बनाउन थालिएको बताउनुभयो । उहाँले गीतमा तमानखोला गाउँपालिकाभित्र रहेका कला, संस्कृति र पर्यटकीय ठाउँहरू समावेश भएको उक्त  गीतमा स्वर र सङ्गीत भर्ने काम भइरहेको जानकारी दिनुभयो ।

 

“गाउँपालिकाको पहिचानका लागि हामीले पालिका गान बनाउन बनाउन लागेका हौँ, यो गीतमा हाम्रा कला संस्कृति, पर्यटकीय ठाउँलाई समेटेका छौँ, गीतले पर्यटन प्रवद्र्धन र कला संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास पनि लिएका छौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “गीतलाई अझै केही परिमार्जन गर्नुपर्ने छ, सङ्गीत भर्नेलगायत काम हुँदै छ ।”गीतको भिडियो पनि निर्माण गर्ने योजना बनाएको उल्लेख गर्दै उहाँले भाषा, कला, संस्कृति र पर्यटनसँग जोडिएको गीत भएकाले  सोहीअनुसारको श्रव्यदृश्य बनाइने   बताउनुभयो । 

 

यस्तो छ पालिका गान

 

“तमानखोला गाउँपालिका हाम्रा पहिचान ।
सोलेडाँडा, बराहताल, नौ डल्ले हुन् सान ।।


तमान, बोङ्गा, स्याउलाखोला कलकल बग्ने पानी ।
सोरठी, मारुनी र यानीमाया संस्कृतिको खानी ।।


ढोमाई थान, भूमे थान, धर्म संस्कृति ।
परम्परा जोगाउनु छ, हटाइए विकृति ।।


एउटा गाउँलाई चोट लाग्दा अर्को गाउँलाई दुख्छ ।
मिलीजुली बस्न पाए सधैँ हाम्लाई पुग्छ ।।


कोही छैनौँ पराई हामी सबै समान ।
सबको साझा उद्देश्य छ, समुन्नत तमान ।।”

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्